काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संख्यामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।