चन्द्रागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत फेला

काठमाडौं  ।   काठमाडौंको चन्द्रागिरीमा  हिउँ खेल्न गएका युवक एक सातापछि मृत फेला परेका छन् । 

चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा हराएका थिए ।

उनी चन्द्रागिरी नगरपालिकाको सामुदायिक वनस्थित चित्लाङ भिरमा  मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हिउँ खेलेर सबै परिवार सँगै फर्केका र उनीले भने विस्तारै आउँछु भनेका थिए । हिउँ खेल्दा उनले मापसे पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भिरबाट डोरीको सहायताले निकालेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.