जसपालाई नुवाकोट जसपा कमिटीको खुलापत्र

नमस्कार/आजबाट अभिवादन !!

न्याय,स्वतन्त्रता,समानता ,पहिचान,स्वभिमान र लोकतन्त्र प्राप्तिको आन्दोलन/ विद्रोहमा सहादत गर्नुहुने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीद परिवार, बेपत्ता र घाइतेहरु प्रति सम्मान प्रकट गर्दछौँ।

नेपाली जनताको असिम बलिदानबाट प्राप्त उपलब्धिको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नुभन्दा जाल झेल र षड्यन्त्रपूर्वक बलिदानकोअपमान गर्दै मुलुकलाई यथास्थितिको गोलचक्करमा फसाइ दलको विकल्पमा वा वैकल्पिक नाममा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान (जतीय मुक्तिका लागि संघीयता वर्गीय मुक्तिका लागि समाजवाद ) बनाउने सपना बोकेर इमान्दारीपूर्वक अगाडि बढ्ने संकल्पसहित मदेशी जनअधिकार  फोरम नेपालदेखि जसपासम्म तपशीलका हामी विभिन्न मितिमा  आबद्ध हुँदै आएका थियौँ ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको मजफो नेपालले देश र जनताका लागि  गरिएका प्रतिबद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाउने काम भयो।

अध्यक्षबाट एकता प्रक्रियाबाट आएका नेतृत्वहरूबीच जुधाउने र पार्टीलाई नीतिभन्दा आफ्नो कम्पनीको रुपमा चलाउने प्रक्रियाले सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको मान्यताविपरीत पार्टी र देशलाई अनिर्णयको बन्दी बनाइ एक्लो रेसमा लम्काउने प्रयास भयो । 

उनले सबै जातीय समुदायको संगठन बनाउने नीति बनाए पनि ब्राह्मणको सामुदायिक संगठन बनाउने अनुमति नदिएर ब्राह्मण  समुदायको अपनत्वविहीन पार्टी बनाए।

पटक-पटक पार्टी केन्द्रीय समितिको निर्णयविपरीत कार्यकारिणी समितिको बैठकको नाममा आफू खुसी निर्णय गर्दै अगाडि मात्र  बढेनन् निर्वाचनमा टिकट बिक्रीसमेत  भयो । आर्थिक रुपमा पार्टीलाई अपारदर्शी ढङ्गले चलाउने काम भयो ।

मदेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी  र नयाँ शक्ति  नेपालबीच एकता भएपछि पनि अध्यक्षको रवैया बदलिएन मात्र होइन पार्टीले घोषित रुपमा लिएको पार्टी नीतिलाई उल्लघन गर्न थालियो ।

पार्टीले  लिएका विभिन्न क्लष्टरको नीतिलाई उल्लघन गर्दै मात्रै तीन क्लष्टरको व्यवहारत: (राई भट्टराई र तराई ) वकालत गर्न थाले। र, अरुलाई नश्लीय देख्ने यादव हालसम्म आइपुग्दा यादव बाहुल्य पार्टी बनाउन सफल भए ।

ससफो नेपालले २०७२ को संविधानलाई प्रतिगामी संविधान भनेर ६ महिना लामो आन्दोलन गरेर संविधान पुनर्लेखन गर्ने प्रतिबद्धता गरे पनि नयाँ शक्तिसँग एकीकरण भएपछि संविधानलाई  उत्कृष्ट भनी जप जप्न थालियो,  र खाली  गिलासवाला सरकारको उपप्रधान तथा स्वस्थ्य जनसंख्यामन्त्री  र आधि गिलासवाला मिलेर आफ्नै गिलास भरियो ।

ओलि सरकारसँग गरेको दुईबुँदे सम्झौता  सरकारबाहिर रहँदाको छट्पटी मेट्ने प्रपन्च थियो । शोषित पीडित उत्पीडित वर्ग  समुदाय र समूहमाथिको धोका थियो । आज पनि परमादेशी कम्फर्टेबल सरकारमा बसेर मुखमा रामराम बगलीमा छुरा प्रवृत्ति देखाइरहेका छन् ।

पार्टीभित्र एकलकाटे र बहिस्कारवादी  रवैयाले केही नेताले १६ जनाको संसदीय दल भएकोमा १३ जनाले पार्टी विभाजन गर्न लागेको अवस्थामा २०७७ साल वैशाख १०गते राति १२ बजे  तत्कालीन राजपा नेपालसँग पार्टी एकता गरी  जसपा नेपाल गठन विभाजन रोक्न सफल भयो।

पार्टी एकतापछि पार्टीका केन्द्रीय सदस्यलाई भूमिकाविहीन बनाएर ५१ जनाको केन्द्रीय कार्यकारिणी समितिलाई मात्र निर्वाचन आयोगमा अभिलेखीकरण गरेर वैकल्पिक पार्टी बनाउने महान अभियानलाई निजी कम्पनीजस्तो दुस्प्रयास गरे पनि पार्टी  समायोजनपछि ठिक हुने अपेक्षा गर्दै समायोजन प्रक्रियामा  सामेल भइयो। तर,आफैँ पार्टी कब्जा गर्ने रवैयाले अन्तत: पार्टी विभाजनको माग राखेर निर्वाचन आयोगमा निवेदन दिन पुगे ।

तपशीलका हामीहरु आफ्नै दलको नेतृत्वमा सरकार बन्ने अवसरबाट पार्टीलाई टाढा पुर्‍याएर आफैँले प्रतिगामी भनिएकाहरुसँगको  अप्राकृतिक सम्बन्धले पार्टीको घोषित नीतिलाई तिलाञ्जली दिएको छ । 

सत्तास्वार्थका लागि प्रतिगामी देउवा-प्रचण्डको भातृ संगठनको रुपमा लैजानेहरुले आफ्नै पार्टी र नेकपाबाट प्रचण्ड र एमालेबाट माधव समूहको विभाजन गराउन जोडबल  गर्नेहरुको समूहमा बसेर पार्टी,क्रान्ति,देश र जनताप्रति गद्धारी गर्नु उचित होइन । 

तसर्थ आजकै मितिबाट नेकपा एमाले भएको घोषणा गर्दै (बहुल राष्ट्रिय राज्य स्थापार्थ राष्ट्रिय मुक्ति क्रान्ति जो एमाले चाहेमा मात्रै सम्भव छ ) अझै वैकल्पिक वैचारिक दृष्टिकोणसहित वैकल्पिक र अझै उत्कृष्ट संंगठनात्मक संरचना र उत्कृष्ट  प्रणाली एमं उत्कृष्ट कार्यदिशा र उत्कृष्ट कार्यशैली भएको पार्टी निर्माणका लागि आह्वान गर्दै आजबाट नयाँ  राजनीतिक यात्रामा  झण्डै तीन करोड देश विदेशमा  रहेका नेपाली जनताको आसा र भरोसाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको ब्याग्र चहानालाई पूरा गर्न/ गराउन  विकास र राष्ट्रवादी पार्टी नेकपा एमालेमा समाहित भएको  उद्घोष गर्दछौं।

तपसिल :-
१)उत्तम अधिकारी के स जसपा , महासचिव तथा प्रबक्ता समाजबादी ट्रेड युनियन महासङ नेपाल 
२)सिताराम तिमल्सिना नु जि सहसचीव 
३)राजेस राई नु जि सदस्य 
४) विकास तामाङ नु जि सदस्य 
 अन्य साथीहरू 
मिति:२०७८ पौष २३ गते रोज छ सुभम्

© 2021 Quicknepal.com  |  All Rights Reserved.