एकैदिन जसपा नुवाकोट र राप्रपा काभ्रे कार्यसमिति एमालेमा समाहित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नै  नेकपा एमालेमा समाहित भएको छ ।

शुक्रबार काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित राप्रपा जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको हो ।

पछिल्लो समय विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने लहर चलेको छ । 

शुक्रबारै नुवाकोट जसपा जिल्ला कार्यसमिति पनि नेकपा एमालेमा प्रवेश गरेको छ। जसपा  जिल्ला कार्यसमितिले जसपा पार्टीलाई पात्र लेख्दै जसपा नुवाकोट कार्यसमिति नेकपा एमालेमा समाहित भएको हो । देशको विकास एमालेबाट मात्रै सम्भव भएको जिल्ला कार्यसमितिले पार्टीमा लेखेको पत्रमा उल्लेख छ । 

काभ्रे कार्यसमिति राप्रपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

त्यसैगरी नुवाकोटमा जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन् । 

काभ्रे राप्रपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुमा उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत लामासहित कार्य समितिका पदाधिकारी र सदस्य छन् ।

सवेशीमध्ये श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.