काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा देउवा र ओलीबीच भेटवार्ता भएको हो ।
ओलीसँग देउवाले के भने ?
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच वर्तमान गतिरोध अन्त्यको विषयमा कुराकानी छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने सहयोग गर्न अनुरोध गरे ।
भेटमा अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।
वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया मानेनन् ।
निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।