बाघको आक्रमणबाट एक जनाको मृत्यु

दाङ । बाँकेमा पात टिप्न जंगल जानेक्रममा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई जंगलमा पात टिप्न जादैँ गर्दा बाघले आक्रमण गरेको थियो ।

चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.