बतास समूहले नारायणहिटी संग्राहलयमा होर्डिङ बोर्ड राख्न पाउने

काठमाडौं । बतास समूहले नारायणहिटी दरबार संग्रहालयभित्र होडिङ बोर्ड पनि राख्न पाउने भएको छ ।

काठमाडौं महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएसँगै बतासले आफ्नो होर्डिङ बोर्ड राख्न पाउने भएको हो । 

यती समूहले यसअघि दरबार हाताभित्र होर्डिङ बोर्ड राख्दै आएको थियो । 

गत साउनअगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होडिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.