कोभिडका कारण माघ १५सम्म विद्यालय बन्द हुँदै

काठमाडौं । काेभिड–१९- काे सङ्क्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको सिसिएमसिसीको बैठकको निर्णयबमोजिम देशभरका विद्यालय आउँदाे माघ १५ गतेसम्मका लागि बन्द गर्न लागेको हो । 

बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.