प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

एजेन्सी । म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजायँ सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सुकीलाई सोमबार चार वर्ष जेल सजायँ सुनाएको हो । 

नोबेल शान्ति विजेता सूकीलाई गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सुकीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ ।

 कुरा गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो ।

सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.