मुगु । सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो ।
पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे ।
राजु झल्लु प्रसाद बिम्ब परिवर्तन गर कविहो, अर्पण उत्कर्ष लालसलाम र ताम्सालिङ प्रेम प्रकाश मायालु आगो लिन गएकाहरू, सविना भुषाल मेरी मरियाना, छोरा जन्माउन कहाँ सजिलो छ र युग सर्वनाम खोलाको गति समृद्धि नेपाल
हाम्रो देश बोल्छ सुशीला सुवेदी आमा, अझै पनि याद छ मलाई, विपना मगर कठै मेरो देशको राजनीति, एलबी साथी । सिटामोल, उत्तम लिम्बु कन्डम फुटेपछी, मुकुन्द्र खलपात्र अर्धनग्न सगरमाथा शीर्षकका कविता वाचन गरेका थिए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाइ बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए ।
समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए ।
कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्तिथि रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।