थप १,४४६ जना कोरोना संक्रमित पहिचान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना संक्रमित पहिचान भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जना पिसिआर परीक्षण उल्लेखित संख्या पहिचान भएका हुन् ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा ८७६ जना संक्रमित

यस्तै काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.