असोज १ बाट इलाममा भौतिक उपस्थिति सहित विद्यालय खुल्दै
 कोरोना माहामारीका कारण बन्द रहेको इलाम नगरपालिकाको विद्यालय असोज १ बाट सञ्चालन हुने भएको छ

इलाम कोरोना माहामारीका कारण बन्द रहेको इलाम नगरपालिकाको विद्यालय असोज १ बाट सञ्चालन हुने भएको छ ।कोरोनाको संक्रमण न्यून रहेको स्थानमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने इलाम नगरपालिकाले निर्णय गरेको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारीले ध्रुवहादुर खड्काले कोरोना संक्रमण न्यून रहेको स्थानमा स्थानीय पालिकाको निर्णयअनुसार विद्यालय सञ्चालन गर्नसकिने आदेश जारी गरेका थिए ।

विद्यालयलाई वडा समिति र विद्यालय व्यवस्थापन समितिको समन्वयमा संक्रमणको अवस्था हेरेर भौतिक रूपमा कक्षा सञ्चालन गर्न इलाम नगरपालिकाले निर्देशन गरेको छ । इलाममा ४९ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । कतिपय विद्यालयले भने अनलाइन कक्षा चलाइरहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.