भारतमा राजनाथ सिंह सहित १ लाख ६८ हजार संक्रमित थपिए

एजेन्सी ।  भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो ।
कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् ।
 
भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ । 

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् । 

आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन ।



© 2021 Quicknepal.com  |  All Rights Reserved.