थपिए एकैदिनमा २ हजारभन्दा बढी कोरोना संक्रमित


 काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।

मंगलबार देशभर ९ हजार ५ सय  २२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.