एक्कासि वीरका कर्मचारी किन भए आन्दोलित

काठमाडौं । वीर अस्पतालका कर्मचारी कोभिड युनिफाइड (वीर अस्पताल) का प्रशासकीय प्रमुख डा. गुणराज लोहनीलाई हाजिर हुन नदिन भन्दै विरोधमा उत्रिएका छन् ।

अस्पतालबाहिरको मान्छेले अस्पतालको समस्या बुझ्न नसक्ने भएकाले सो नियुक्ति बदरको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा लोहनीलाई नियुक्त गरेको छ ।

सरुवा बदर गरी वीर अस्पतालकै नेतृत्व कायम राख्न उनीहरुको माग छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.