एजेन्सी । बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरू बीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरि रहन्छन् ।
तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरू निकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।
मलाइका ६ दिन यता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।
अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनर पछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् ।
‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यस कारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ, उनीहरू निकट स्रोतको दाबी छ ।