एपीएफको तेस्रो हार

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको खेलमा विभागीय टिम नेपाल पुलिसले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ । 

पुरुषतर्फको स्पर्धामा पुलिसले एपीएफमाथि ३–१ को सेटले जीत निकालेको हो । पुलिसले २५–२१, २३–२५, २५–२३ र २५–१९ को सेटले पराजित गरेको हो ।
यो जितसँगै पुलिसको फाइनल यात्रा लगभग पक्का भएको छ भने तेस्रो हार बेहोरेको एपीएफ लिग चरणबाटै बाहिरिने भएको छ । 

पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशसँग हारेको एपीएफ दोस्रो खेलामा आर्मीसँग स्तब्ध बनेको थियो । पुलिसले भने ३ खेल जितेको छ । दुवैले एक एक खेल खेल्न बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.