रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ ।
कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको छ ।
‘माघ १–२ मा हुने कटहरिया अधिवेशनले नेकपा एमाले रौतहट जिल्लामा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ ।
एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।