प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच विवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच विवाद चर्किने सम्भावना बढेको छ । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाले वीरमा पठाएका डा. गुणराज लोहनीलाई प्रधानमन्त्री देउवाले रोकेपछि प्रधानमन्त्री देउवा र खतिवडाबीच विवाद बढ्ने सम्भावना बढेको हो । 

स्थवास्थ्य मन्त्री खतिवडाले वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. गुणराज लोहनी पठाएका थिए । 

तर, प्रधानमन्त्री देउवाले सो सरुवालाई रोकेका छन्  । 

केही दिनयता लोहनीको वीरमा भएको सरुवालाई लिएर कर्मचारीआन्दोलित छन् ।   

© 2021 Quicknepal.com  |  All Rights Reserved.