माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदाकाे माग

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका छन।

आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका हुन्। 

नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताए।

नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ। थारू समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन्। 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.