पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड संकटबाट मुक्ति पाएकोमा आफ्नो सरकारको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री खानले भारतमा कोरोना महामारी फैलिरहेको उदाहारण दिँदै आफ्नो प्रशंसा गरेका हुन् ।
रावलपिण्डी चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको १४औँ अन्तर्राष्ट्रिय चेम्बर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो बताएका हुन् ।
इमरान खानले भने, 'पाकिस्तानको इतिहासमा कुनै पनि सरकारले यति ठूलो राजस्व घाटा र चालू खाता घाटाको सामना गर्नुपरेको थिएन । हाम्रा मित्र चीन, युएई र साउदी अरेबियाले आर्थिक सहयोग नगरेकाे भए हामी पछि पर्ने थियाैँ । ऋण तिर्न पैसा थिएन र रुपैयाँ घट्नबाट जोगाउन हामीसँग डलर पनि थिएन । यसैबीच, कोभिड महामारीले ढक्ढक्यायो ।त्यसबेला हामीले आर्थिक संकट भोगिरहेका थियौं ।
कोभिड संकटबाट बाहिर आएकोमा आफ्नो सरकारको प्रशंसा गर्दै भारतमा महामारीको भयाभवको उदाहरण दिँदै खानले भने, 'अल्लाहले हामीलाई कोभिडबाट बाहिर ल्याएको बारे अहिले विश्वभर प्रशंसा भइरहेको छ। हामीले हाम्रो अर्थतन्त्र पनि बचायौं र हाम्रा जनताको जीवन पनि बचायौं । विश्वमा हेरौं कोभिडले के कस्ता कहर ल्याइरहेकाे छ । भारत हामीभन्दा कति अगाडि छ, तर त्याहाँकाे वृद्धिदर घट्दै गइरहेकाे छ । भारतमा कोही भन्छन् कोभिडले १० लाख मरे, कोही भन्छन् ३० लाख । हेर्नुहोस् अल्लाहले हामीमाथि कति कृपा गरेका छन् ।'
(क्विक नेपालका लागि बिबिसी हिन्दीबाट उर्मिला शर्माको अनुवाद)