जिप दुर्घटनामा दुईको मृत्यु
यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिप दुर्घटना दुईको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट २ का ३० वर्षीया शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.