आर्चरी च्याम्पियनलाई रिकर्भ बो सेट हस्तान्तरण

पोखरा ।  गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री (रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ। 

बेलायत बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा खेल सामाग्री हस्तान्तरण गरिएको हो । एक लाख बराबरको खेल सामाग्री गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुनलाई हस्तान्तरण गरेका हुन् ।

कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरेको प्रदेशस्तरीय आर्चरीमा पुन च्याम्पियन बनेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.