नेपालमै अन्तः शुल्क ‘स्टिकर’ मुद्रण गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै अन्तः शुल्क ‘स्टिकर’ मुद्रण गर्न निर्देशन दिएका छन् । 

शुक्रबार काभ्रे पनौतीमा रहेको आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् । 

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थमन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस् ।’


© 2021 Quicknepal.com  |  All Rights Reserved.