कति छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ पैयाँ ९२ पैसा र बिक्री दर ११८ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ३० पैसा र बिक्री दर १३५ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ०३ पैसा र बिक्री दर १६२ रुपैयाँ ८६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २३ पैसा र बिक्री दर ८६ रुपैयाँ ६७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ९५ पैसा छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.