सुनको भाउ प्रतितोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । 

 चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 


© 2021 Quicknepal.com  |  All Rights Reserved.