प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले बहिष्कार गरे महासंघको बैठक

काठमाडौं । प्रेस सेन्टरसम्बद्ध सदस्यले नेपाल पत्रकार महासंघको बैठकबाट बाहिरिएका छन् । 

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख अतिथि नबनाएको उनीहरुले सो बैठक बहिष्कार गरेका हुन् ।

कपिलवस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट बैठक सुरु भएको थियो । 

मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन् । 

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.