काठमाडौं । सुनसरीको ईनरुवा नगरपालिका-३ महेन्द्र चोकबाट हातहतियारसहित ३ जना पक्राउ परेका छन ।
हरिनगर गाउँपालिका-६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत ३ जनालाई १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त चोकमा हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।