फाल्गुन ११ गते युवा संघको महाधिबेशन, मूल संयोजकमा पौडेल, पुष्प श्रेष्ठलाई युथफोर्स विभागको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल अन्तर्गत युथफोर्स विभाग संयोजकमा पुष्प श्रेष्ठ मनोनयन भएका छन् । 

पोखरामा जारी राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले  श्रेष्ठलाई युथ फोर्सको संयोजकको जिम्मेवारी दिएको हो । 

यसअघि श्रेष्ठले राष्ट्रिय युवासंघ र युथफोर्स दुवैको उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । 

उनी नेकपा एमाले सुद्धीकरणदेखि नै नेकपा एमालेमा रहँदै आएका छन् । 

यसअघि युथ फोर्सको संयोजक छितिज थेबे थिए । पोखरामा जारी बैठकले राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीलाई महाधिबेशन आयोजक कमिटीमा पारीणत गरेको छ ।  

महाधिबेशन आयोजक कमिटीको संयोजकमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका युवा संघ नेपालका अध्यक्ष किरण पौडेल रहेका छन् ।  

बैठकले आगामी फाल्गुन ११ गते संघको राष्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.