‘बुस्टर’ मात्राको खोप सरकारले भोलिदेखि दिने

काठमाडौ । कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्राको खोप सरकारले भोलिदेखि दिने भएको छ । अग्रपङ्क्तिमा  काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि  र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका सबै व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
    
‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी सबैलाई बुस्टर’ मात्राको खोप दिने भएको छ  ।
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.