काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६३६ जनामा कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उल्लेखित संक्रमित थप भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कुल १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।