कर्णाली एमाले जिल्ला अधिवेशन : किन हुन सकेन हुम्ला, दैलेख र मुगुमा नेतृत्व चयन

काठमाडौं । एमाले कर्णाली जिल्ला अधिवेशनमा सात जिल्लामा नेतृत्व चयन भए पनि मुगु, दैलेख र हुम्लामा नेतृत्व चयन हुन सकेको छैन ।

निर्वाचन प्रक्रियामा धाधली, मौसम प्रतिकुलता र सहमतिको प्रयास असफल हुँदा कर्णालीका यी तीन जिल्लामा नेतृत्व चयन हुन नसकेको हो ।   

दैलेखमा नेतृत्व चयन प्रक्रया टुंग्याउने प्रयास गरे पनि निर्वाचनमा धाधली भएपछि नेतृत्व चयन हुन नसकेको हो । दैलेखमा प्रतिनिधिभन्दा बढी ३१ मत भेटिएको छ ।

अध्यक्ष पदका लागि सुरुमा पाँच जनाले दाबी गरेका थिए । सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि सो हुन नसकेपछि वर्तमान अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा उत्रिएका थिए ।

हिमाली जिल्ला मुगुमा गत बुधबारदेखि अधिवेशन सुरु भएपनि नेतृत्व चयन हुन सकिरहेको छैन । सहमति मै नेतृत्व चयन गर्ने प्रयास भए पनि सो हुन नसकेपछि निर्वाचनमा जाने तयारी हुँदा नेतृत्व चयन ढिला भएको हो ।

त्यसैगरी, हुम्लामा मौसम प्रतिकूलताका कारण निर्वाचन सारिएको छ । हुम्लामा माघ २३ गते निर्वाचन हुने कार्यतालिका तय भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.