काठमाडौं । कलंकीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार रुकुमपूर्वका २१ वर्षीय संगीत बुढामगरको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।
बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।