राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

आइतबार बोलाइएको राष्ट्रिय सभा बैंठक आइतबार एक सूचना निकाल्दै राष्ट्रिय सभा सचिवालयले सो जानकारी दिएको हो । 

संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्। 

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो।

aarastra.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.