काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या आएपछि...

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको हवाई जहाजमा पुन काठमाडौं नै फर्किएको छ । 

जहाजमा प्राविधिक खराबी आएपछि सो जहाज काठमाडौं नै फर्किएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । उनका अनुसार यतिखेर सो जहाज चेक जाँच गर्ने काम भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.