थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४९६१ जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।  

मन्त्रालयका अनुसार सोही समयमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ भने ४३५ जना संक्रमणमुक्त भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.