काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएका छन् । प्रचण्डको सचिवालयका अनुसार उनी आज कोरोनामुक्त भएका हुन् ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी छन् ।
प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो ।
नेपाली राजनीतिका शीर्ष नेताहरुलाई कोरोना लाग्ने क्रम नेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट सुरु भएको थियो ।
प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि गुप्तबास बसेका थिए । तर, देउवामा कोरोना पुष्टि भएन ।