विप्लव र किरातीको पार्टीबाट माओवादीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी क्रान्तिकारी माओवादी)मा प्रवेश

काठमाडौं । नेता गोपाल किरातीले नेतृत्व गरेको माओवादी कम्युनिस्ट पार्टीका कार्यकर्ता मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी माओवादी)मा  प्रवेश गरेका छन् ।

नेता किरातीमा वैचारिक विचलन आएको बताउँदै उनीहरुले सो पार्टी परित्याग गरेका हुन् । 

मोहन वैद्यको पार्टीमा प्रवेश गर्नेहरुमा विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई र गणेश निरौला छन् । 

त्यस्तै नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट पनि वैद्य नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा पुष्कर श्रेष्ठ, तारा थापा, केदार खतिवडा, जी पी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, राम वहादुर तिरुवा, प्रभात भटाराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे मेलम योन्जन लगायत छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.