स्रोत नखुलेको ३० लाख रकमसहित एक जना पक्राउ

काठमाडाैं ।  महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपाल आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको रकम सहित मटिहानी नगरपालिका-८का  २३ वर्षीय सहाउदिन राइनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ परेका राइनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.