काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लव उस्तै-उस्तै भएको आरोप लगाएका छन् ।
सोमबार गोपाल किराती र विप्लवले नेतृत्व गरेको माओवादीबाट आफ्नो पार्टीमा स्वागत गर्ने क्रममा उनले सो बताएका हुन् ।
वैद्यले दुवैजनाले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउँछ भनेकाले उनीहरुबीचमा फरक नरहेको बताए ।
‘आखिरमा आएर जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नुभयो,’ उनले भने, ‘प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्ने । विप्लवजीले पनि जनतमसंग्रहबाट शान्तिपूर्ण समाजवाद आउँछ भन्ने । आखिर प्रचण्ड जी र विप्लवजीको रहेछ के त ? यो कुरा छर्लङ्ग हुँदै गइरहेको छ।’