२५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गर्न सर्कुलर गरेको छ । 

कोभिड-१९ महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नेकपा एमालेले सो सर्कुलर जारी गरेको हो । 

के छ, नेकपा एमालेले सर्कुलर गरेको निर्देशनमा 

– राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।

– २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।

– पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।

– पार्टीका स्थानीय कमिटी, नेता९कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.