एकैदिन थप ६ हजार ७३४ जनामा कोरोना पुष्टि

काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट पाँच हजार ७४७ जना र एन्टिजेन परीक्षणबाट ९८७ जना गरी उल्लेखित  संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। त्यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.