हल बन्द हुदाँ रिलिज फिल्मलाई अन्यौल, 'चपली हाईट ३' पुनः रिलिज गर्ने घोषणा

काठमाडौं । सरकारले फिल्म हल माघ १५ सम्म बन्द गर्ने निर्णय गर्दा रिलिज भइरहेको फिल्म मारमा परेको छ । पुस ३० गतेबाट रिलिजमा आएको नेपाली फिल्म 'चपली हाईट ३' तेश्रो दिनमै स्थगन हुनुपरेको छ । 

रिलिजको लागि गरिएको प्रचार र अन्य व्यवस्थापनले फिल्मलाई असर पुग्ने निश्चित छ । माघ १५ मै पनि हल खुल्ने कुनै छाँटकाँट छैन । किनकी कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो क्रममा छ ।

झण्डै दुई बर्ष रिलिजको मिति सार्दै आएको फिल्म नयाँ आशासहित रिलिजमा आएपनि पुनः कोरोना कै कारण स्थगीत हुनु परेको हो । यसपछिका लागि रिलिज मिति तय गरि बसेका फिल्महरुको रिलिज मिति पनि अन्यौल हुने भएको छ  । माघ १९ गतेदेखि रिलिज हुने भनिएको फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति पनि अन्यौल हुने निश्चित छ । 

फिल्मका निर्माता अजुर्न कुमारले भने कोरोनाको कारण नेपाली फिल्म क्षेत्र धरासायी हुने निश्चित भएको बताए । कोरोनाबाट अलिकति तंग्रिएर फिल्म लगाउँन तयार भएको थिएँ ।

फेरि कोरोनाको नयाँ भेरियन्टले हल बन्द भएको छ । फिल्मलाई असर त पक्कै भएको छ, उनले भने । पुनः हल खोलेसँगै फिल्म रिलिज गरिने पनि अर्जुन कुमारले बताएका छन् । 

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.