काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको रोकथामका लागि सरकारले कोभिड–१९ सम्बन्धी नयाँ कार्यविधि र अध्यादेश जारी गरेको छ ।
त्यसैगरी, सिसिएमसी र उपत्यकाका तीन जिल्लाले २५ जनाभन्दा बढी जम्मा हुनेगरी कार्यक्रम आयोजना गर्न निषेध गरेको छ ।
तर, सरकारले जारी गरेको कार्यविधि र अध्यादेशको उल्लंघन सरकारी निकायटै कानुन उल्लंघन हुँदै आएको छ ।सोमबार सेवाग्राही काठमाडौं जिल्ला प्रशासनअघि लामबद्ध थिए ।
त्यसैगरी, खोप केन्द्रहरुमा पनि समाजिक दूरी कायम नगरी सायौँ मानसि लामबद्ध थिए ।
जिल्ला प्रशासन र खोप केन्द्रमा खोप लगाउन जानेहरुको भीड व्यवस्थापनले कोरोना नियन्त्रणभन्दा पनि फैलाउन सहयोग गर्ने सम्भावना बढी छ।
सरकारले कोभिड खोप कार्ड अनिवार्य र बुस्टर डोज लागउन अनुमति दिएपछि काठमाडौंका विभिन्न १७ ठाउँमा खोप लागउनेको भीड छ ।
दोस्रो डोज खोप लगाउन पिपुल्स डेन्टल कलेज एन्ड अस्पतालमा आइपुुगेका गोर्खाका महन्तबहादुर गैरी डरकैबीच खोप लगाउन लाइन बस्न बाध्य हुनुपरेको बताउँछन् ।
त्यस्तै, सोह्रखुट्टेका हरिराम वाग्ले बाध्यताले गर्दा भीडमा लाइन बस्नु परेको बताए । लाइन बस्दा कोरोना सर्ने सम्भावना रहेको बताउँदै उनले प्रशासनले ध्यान नदिएको गुनासो गरे । उनले भने, ‘यो बेला सरकारले ध्यान दिनुपर्ने हो दिएको छैन । हामी आफैँले आफ्नो ख्याल गर्नुपर्छ ।’
त्यसैगरी, खोप केन्द्रमा उपस्थित भएको प्रहरीको पनि भूमिका प्रभावकारी थिएन ।
सामाजिक दूरी कायम राख्न खटिएका प्रहरी निरीक्षक राजेशकुमार अधिकारीले प्रहरी प्रशासनले स्वास्थ्य मापदण्डअनुसार भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको बताए ।
‘हामीले हेल्पडेक्स राखेर माक्स अनिवार्य गराइराखेका छौं,’ उनले भने । हस्पिटलले एक दिनका लागि ३५०मात्रै टोकन बाँड्ने गरेको छ ।
खोप लगाउन गएकाहरु सामाजिक दूरीभन्दा पनि कसरी चाँडो खोप लगाउने भने होडमा देखिन्छन् ।
सोमबार बिहान पाँच बजेदेखि खोप लगाउन खोपकेन्द्र पुगेकाहरुले पाँच घन्टा कुर्दा पनि खोप लगाउन पाएको गुनासो गरेका छन् ।
पिपुल्स डेन्टल कलेज एन्ड अस्पताल खोपकेन्द्रमा खोपका लागि लाइन बस्दा पनि टोकन नपाएको लाइनमा बसेका कतिपय लगातार दुई दिनदेखि लाइनमा बसे पनि पालो नआएको बताए ।
पर्साकी कृष्णा चौधरी आफू दुई दिनदेखि लाइन बसेको बताउँदै अहिलेसम्म पालो नआएको बताउँछिन् । ‘म बिहान ५ बजेदेखि लाइनमा बसे पनि टोकन पाएकी छैन,’ उनले भनिन् ।
सामाजिक दूरीको विषयमा प्रश्न हाम्रो प्रश्नपछि मात्रै प्रहरी लाइन व्यवस्थापनमा खटिए ।
पिपुल्स अस्पतालको स्टाफ तथा वर्तमान समयमा व्यवस्थापन हेरिरहेका सलन निरौला एक–एक जनालाई भनेर साध्य नभएको बताउँदै आफूहरु लाइन व्यवस्थापनमा लागिरहेको बताउँछन् ।
‘हामीसँग जनशक्ति कम छ । यतिधेरै मानिस व्यवस्थापनका लागि सरकारले जनशक्ति खटाए मात्रै सम्भव छ,’ उनले भने, ‘ हामीले सक्ने गरिरहेका छौँ । त्यसमा प्रहरी प्रशासनले पनि सहयोग गरिरहेको छ। अस्पतालको जनशक्तिले एक दिनमा ३५० दखि ३६० डोज खोप लगाउन सक्छ । हामीले त्यहीअनुरुप टोकन वितरण गरेका छौँ । हामीले पाएको कोटाबमोजिम टोकन आजलाई सकिएको छ ।’
पिपुल्स अस्पतालमा ९०० डोजको मात्रा तोकिए पनि तीन सय पचास खोप मात्रै वितरण गरेको नागरिकको गुनासो छ । अस्पताल प्रशासनले भने दैनिक तीन सय पचासको मात्रामा मात्र खोप वितरण गरेको बताएको छ ।