रुपन्देही। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाले पार्टी विभानका कारन नेकपा एमाले घाइते भएकोे बताएका छन् ।रुपन्देहीमा कार्यकर्ताले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले विभाजनका कारन घाइते भएपनि नेकपा एमाले अहिले पनि देशकै ठुलो पार्टी रहेको दावी गरे।
भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ , आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं ।तर अहिले पनि ठूलो शक्ति छौं ।” २०७४ सालको चुनावमा पार्टीको वर्चस्व पुन फर्काउने उनले ठोकुवा समेत गरे ।
चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध अझै सर्घष गुर्नुपर्ने बताएका छन् । भुसालले कार्यक्रममा पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने समेत माग गरेका छन ।