गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

उदयपुर  । उदयपुरमा  गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका–५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । 

उदयपुरगढी गाउँपालिका–५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

बसका चालक रौतामाई गाउँपालिका  –७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.