जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहका लागि  अनिवार्य खोप कार्ड तोक्यो 

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका लागि दिन तोकेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारणले त्यसको रोकथाम र नियन्त्रणका लागि दिन तोेकेको हो । 

कार्यालयको सार्वजनिक सेवा प्रवाहमा भीडभाड बढेको र कार्यालयबाट सेवा प्रवाह हुने नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहित मतदाता नामावली, विद्युतिय राहदानी सेवा कार्यका लागि दिन तोकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए । 

अब दिनमा जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहका लागि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने भएको छ । 

त्यस्तै, सेवा प्रवाहका लागि सुर्खेतका स्थानीय तहले दिन तोकिएको छ । लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका लागि लाभग्राहीका लागि आइतबार र शुक्रबार दिन सेवा प्रवाह हुनेछ । मंगलबार वीरेन्द्रनगर नगरपालिकाका लाभग्राहीका लागि मात्र सेवा प्रवाह हुनेछ । 

सोमबार र मंगलबार भेरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । बिहीबार र शुक्रबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका, र चौकुने गाउँपालिकाका लाभग्राहीले सेवा पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.