मन्त्रालयद्वारा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेको स्वीकार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोराना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिन नसकेको भनी स्वीकारेको छ । 

मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा ओमिक्रोनबारे छलफल गर्ने क्रममा अधिकारीहरुलाई सांसदहरुले ‘कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीलाई किन कोरोना भत्ता नदिएको भनी गरेको प्रश्नमा अधिकारीहरुले सो कुरा स्वीकारेका हुन् । 

कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउन सकिरहेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.