खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि 

खोटाङ । खोटाङमा थप आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा–४ जना र खोटेहाङ गाउँपालिकामा–४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या २४ जना पुगेको छ । 

खोटेहाङ गाउँपालिकामा शंकास्पद आठ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ । 

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.