काठमाडौं । नायिका रेखा थापाले आउँदो बर्ष विवाह गर्ने खबर बाहिरिएको छ । बाहिर आएजस्तो नायिका थापाले अर्को बर्ष हुने विवाह वारे पूर्ण जानकारी दिन नदिएपनि विवाह गर्ने भनेको हुँ भन्दै स्विकार भने गरेकी छन् ।
यसो त हरेक बर्ष विहे गर्छु र विहे नै गर्दिन भने उनको दुईटै धारणा बारम्बार आईरहेको हुन्छ नै । तर यो पटक भने उनका पारिवारीक स्रोतले समेत नायिका थापाले विवाह गर्ने तयारी गरेको पक्का गरेका छन् ।
उनी निकट विद्यार्थी एक नेतृले नायिका थापाको विवाह हुन लागेको बताएकी हुन् । केही संचार माध्यममा नायिका थापाको विवाह वारे सूचना बाहिरिए लगतै हामीले उनलाई सम्पर्क गर्दा नायिका थापा पछिल्लो दुईबर्ष देखि एक पुरुषसँग सम्बन्धमा रहेको बताईन् ।
तर उनले उक्त पुरुषको नाम भने नलेख्ने सर्तमा विवाहको जानकारी पक्का गरेकी छन् ।